नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

एस.पि.एस नेशनल इन्क्वायरी प्वाईन्ट

बबर महल, काठमाडौँ

Nepal Flag
२०८२ बैशाख २६ गते

विभागसँगको अन्तर सम्बन्ध

नेशनल नोटीफिकेशन अथोरीटी र एस.पि.एस नेशनल ईन्क्वायरी प्वाईन्टको कृषि, पशु सेवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसंगको अन्तर सम्बन्ध:
खाद्य स्वच्छता, पशु र विरुवा स्वच्छता कायम राख्‍न क्रमशः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग एवं कृषि विभागले जिम्मेवारी वहन गरिरहेका छन् ।
विद्यमान एवं मस्यौदा कानुनी प्रावधानहरु (मापदण्ड, कार्यविधि, प्रकृया वा सिफारीसहरु) बाट व्यापारमा अवान्छीत अवरोध उत्पन्‍न हुन सक्ने संभावना रहेको अवस्थामा व्यापारका साझेदार बिच पारदर्शिता कायम राख्‍न नोटिफिकेशन गर्नु पर्ने व्यवस्था छ । एस.पि.एस सम्बन्धि प्रावधानहरु अन्तराष्ट्रिय मापदण्ड अनुरुप नभएमा, अन्तराष्ट्रिय मापदण्डको व्यवस्था नभएमा वा व्यापारमा अवान्छीत अवरोध गर्ने प्रकृतिका भएमा विश्‍व व्यापार संगठन मार्फत नोटिफिकेशन गर्नु पर्ने हुन्छ । यसका लागि प्रत्येक सदस्यले एक एस.पि.एस नोटिफिकेशन अथोरिटिको व्यवस्था गर्नु पर्ने हुन्छ । नेपालका लागि कृषि विकास मन्त्रालय, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखालाई एस.पि.एस नोटिफिकेशन अथोरिटिको रुपमा तोकिएको छ ।
कृषि, पशु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट नोटिफिकेशनका लागि पठाउनु पर्ने सामाग्रीहरु (Filled format, final text and soft copy etc) नोटिफिकेशन अथोरिटि एवं ईन्क्वायरी प्वाईन्टलाई उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी प्राप्त भएका नोटिफिकेशन सामाग्रीहरु नोटिफिकेशन अथोरिटिले विश्‍व व्यापार संगठन मार्फत सदस्यहरुलाई notify गर्दछ । सदस्यहरु, अन्य निकाय वा सुझावहरु प्राप्त भएमा ईन्क्वायरी प्वाईन्टले समन्वयकारी भुमिका निर्वाह गर्दछ ।